असार ३, २०८२ मंगलबार

दार्चुलाको सीमा क्षेत्र जाँदै छन् सशस्त्र प्रहरी प्रमुख खनाल

काठमाडौं । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ जाँदैछन् ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै छाङ्रुमा सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना गरेको छ । र, खनाल छाङ्रुको निरीक्षणमा समेत पुग्ने जनाइएको छ ।

गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला जाँदै हुनुहुन्छ, नयाँ स्थापना गरिएको बीओपीमा पनि पुग्नु हुनेछ ।’ यद्यपि, मौसममा समस्या आए सेनाको हेलिकोप्टर छाङरुसम्म जान सक्दैन । त्यसैले मौसम अनुसार खनालको भ्रमण कहाँसम्म हुन्छ भन्ने थाहा हुने एक अधिकारीले अनलाइनखबरलाई बताए ।

अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ ।

प्रकाशित मिति : असार ३, २०७७ बुधबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]