जेष्ठ २, २०८१ बुधबार

वातावरण दिवसमा भद्रपुरमा वक्तृत्वकला

भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाले मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।


‘वातावरण संरक्षणमा बाबालिकाको भूमिका’ विषयमा आयोजित वडास्तरीय प्रतियोगितामा छात्रातर्फ भद्रपुर–९ की रुक्सुम गुरागाईं प्रथम भएकी छिन् । वडा नं ८ की आराध्य पोखरेल दोस्रो भएकी छिन् भने वडा नं १० की निशा लामिछाने तेस्रो भएकी छिन् । वडा नं ३ की शान्ता राईले सान्तवना पुरस्कार जितिन् ।


यसैगरी, छात्रतर्फ वडा नं ८ का आर्यन कटुवाल प्रथम, वडा नं १० का दृष्टान्त लम्साल दोस्रो र वडा नं ७ का आदित्य पोखरेल तेस्रो भए भने वडा नं ३ का प्रवेश अधिकारीले सान्तवना पुरस्कार हात पारे ।

वडा नं १० को सभाहलमा सम्पन्न प्रतियोगिताको अध्यक्षता नगर बाल सञ्जालकी उपाध्यक्ष आराध्य पोखरेलले गरेकी थिइन् भने सञ्चालन १० नं वडा सचिव मनकुमार डाँगीले गरेका थिए ।
‘स्वच्छ वायु, स्वच्छ जीवन’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]