जेष्ठ २, २०८१ बुधबार

कार्कीले नीजि जग्गा भन्दै अवरोध गरेको बाटो अहिले कसरी सार्वजनिक भयो ? – सापकोटा

बिर्तामोड । नीजि जग्गामा निर्माण गरिएको बाटोमा जग्गाधनीले जग्गा हडप्ने प्रयास भएको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पीडित जग्गाधनी स्थानीय अम्मर बहादुर कार्कीले जग्गा हडप्ने प्रयास गरेको बताएका छन् ।


अर्जुनधारा ९ का सापकोटाले आफ्नो नीजि जमिनलाई सार्वजनिक बाटोको रुपमा जबरजस्ती प्रयोग गर्न खोजिएको भन्दै पत्रकारसँग न्यायको माग गरेका छन् । २०६३ सालमा सापकोटाले श्रीमति रमा सापकोटाको नाममा खरिद गरेको ३ कठ्ठा जमिन स्थानीय अमरबहादुर कार्कीले शक्तिको प्रयोग गरेर बाटो खनाउने भन्दै जग्गा बाइदिन गुहार गरेका छन् ।


वैदेशिक रोजगारीमा गएको समयमा कार्कीले आफ्नो जमिनमा किर्ते नक्सा बनाएर बाटो निकालेको सापकोटाको दावी छ । पत्रकार सम्मेलनमा उनले कार्कीलाई हिड्न दिएको सानो कोरेसो बाटोमा गरेर आफुमाथि खेलवाड गरेको जानकारी दिएका छन् ।


केही समयअघि कार्कीले सोही बाटोमा अवरोध गर्दै आवतजातव रोकेका थिए । सापकोटाका अनुसार कार्कीले सोही बाटोलाई नीजि जमिन भएको भन्दै बाटो बन्द गरेका थिए । उनले भने, ‘त्यो बेला नीजि भएको जमिन अहिले कसरी सार्वजनिक भयो ?’
जग्गा बिवादले सुरक्षामा समेत समस्या भएको श्रीमति रमा सापकोटाले बताइन् । उनले श्रीमान वैदेशिक रोजगारमा गएको समयमा कार्कीले आफुलाई झुक्याएर कागजमा ल्याप्चे लगाउन लगाएको सुनाइन् । सापकोटाले कतैबाट न्याय नपाएपछि पत्रकार गुहारेको जानकारी दिइन् ।


अर्जुनधारा नगरपालिकामा उपमेयर, वडाध्यक्ष, गाँउका भद्रभलाद्मी समेत बसेर अम्बर बहादुर कार्कीको माग जायज नभएको र रमा सापकाटोको नाममा रहेको नम्बरी माटोमा बाटो खोज्नुलाई गलत भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


कित्ता नंम्बर ३२९२ को जमिनमा बाटो नदेखिएको अर्जुनधारा नगरपालिकाले जिल्ला प्रशासन कार्यलय झापालाई पत्रचार गरेको छ । जग्गा धनी सापकोटाले झापा जिल्ला अदालतले उल्लेखित जग्गामा बाटो नदेखिएको भन्दै फैसलासमेत सुनाइकेको बताए ।
यस्तो छ, विज्ञप्ति

प्रेस विज्ञप्ति
केहि दिनदेखि अर्जुनधारा–९ मा रहेको मेरो नीजि जमिनलाई बाटो भन्दै प्रचार गरिरहेकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो श्रीमति रमा सापकोटाको नाममा रहेको जमिनलाई केहि व्यक्तिले व्यक्तिगत रिसिवीका कारण जग्गालाई विवादमा ल्याइरहेका छन् । सार्वजनिक बाटो छेकेर स्वतन्त्रत पूर्वक हिडडुल गर्न नदिएको भन्ने विषयले हामीलाई आश्चर्य बनाएको छ ।


अर्जुनधारा– ९ देवस्तीमा स्थानीय अम्बर बहादुर कार्कीले केहि मानव अधिकारकर्मीलाई प्रयोग गरेर नीजि जमिन बाटोको रुपमा परिणत गर्ने दुस्वप्रयास भइरहेको छ । यसैले तपाई पत्रकारहरु माझ न्यायको लागि अपिल गर्न चहान्छु । यहाँ शक्ति र पहुँचका कारण हामी जस्ता सर्वसाधारणको बोली सुनिदिने कोहि नभएपछि राज्यको चौथो अंग गुहारेको हुँ ।


कित्ता नंं. ३२९२ हामीले खरिद गरेको जमिन हो । ०६३ सालमा जमिन खरिद गरेर बस्दै आएका छौं । मेरो जमिनमा सार्वजनिक सडक भएको र हिडडुल गर्न नदिएको विषय सामान्य नागरिकमाथिको दमन मात्र हो । हामीले कसैको जमिन किर्ते गरेर नीजि बनाएका होइनौं । मरुभूमिका पसिना बगाएर खरिद गरेको हौ । हामीले कसैको दाइजो पाएको होइन ।


जमिन नीजि भएको सबै आवश्यक प्रमाण म सँग सुरक्षित छ । सोहि जमिनलाई बाटो भन्दै हिडडुल गर्न नदिएको भन्ने व्यक्ति अमर बहादुर कार्कीले म वैदेशिक रोजगारीमा गएको बेला किर्ते गरेर बाटो निकालकोे प्रमाण पनि सुरक्षित छ । सम्मानित जिल्ला अदालतले हामीलाई सो उल्लेखित जग्गामा बाटो नदेखिएको भन्दै फैसला गरिसकेको छ । अदालतले किर्ते नक्सा बदर समेत गरिसकेको व्यहोरा यहाँहरुलाई जानकारी गराउँदछु ।


यसैगरी सोहि विषयलाई लिएर अर्जुनधारा नगरपालिकामा उपमेयर, वडाध्यक्ष, गाँउका भद्रभलाद्मी समेत बसेर अम्बर बहादुर कार्कीको माग जायज नभएको र रमा सापकाटोको नाममा रहेको नम्बरी माटोमा बाटो खोज्नुलाई गलत भएको निष्कर्ष निकालि सकिएको छ ।

त्यै पनि यहि विषयलाई लिएर हरेक दिन धाकधम्की, झैझगडा गर्ने प्रयास किर्ते कागज बनाउने पक्षबाट भइरहेको छ । कि.नं. ३२९२ को जमिनमा बाटो नदेखिएको अर्जुनधारा नगरपालिकाले जिल्ला प्रशासन कार्यलय झापालाई समेत जानकारी गराईसकेको छ ।


अम्बर बहादुर कार्कीले यहि ठाउँलाई नीजि जमिन भनेर ३६ महिना बाटो अबरोध गर्नुभएको थियो । त्यो बेला नीजि भएको जमिन अहिले कसरी सार्वजनिक भयो ? नीजि जमिनमा किर्ते कागजात बनाएर बाटो निकाल्ने पक्षले हामीमाथि गरिरहेको व्यवहार असैह्य भएकाले यो घटना तपाईहरुलाई जानकारी गराएको छु । धन्यावाद् ।
खड्ग सापकोटा
अर्जुनधारा–९ झापा
०७६/२/२२

प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार  १ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]