बैशाख १५, २०८१ शनिबार

कम्युनिष्ट योद्धा द्रोणाचार्य क्षेत्रीको स्मरणमा प्रवचनसभा

भद्रपुर । झापा शहीदहरुको जन्मभूमि हो, झापा कम्युनिष्टहरुको कर्मभूमि हो भन्नु हुने झापाली कम्युनिष्ट योद्धा द्रोणाचार्य क्षेत्रीको स्मरण गर्दै आज भद्रपुरमा प्रवचनसभा सम्पन्न गरिएको छ ।

द्रोणाचार्य स्मृति प्रतिष्ठान झापाले २७ औं द्रोणाचार्य स्मृति दिवसको अवसरमा भद्रपुर वडा नम्बर १०को वडा कार्यालयमा प्रवचनसभा सम्पन्न गरेको हो । राजनीति, शिक्षा, साहित्य र पत्रकारिता विधामा महत्वपूर्ण हैसियत राख्नु भएका पूर्व सांसद द्रोणाचार्य क्षेत्री नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा हुनुहुन्थ्यो । २००२ सालमा तेह्रथुम जिल्लाको आठराई चुहानडाडामा जन्मनु भएका द्रोणाचार्यको २०५० साल असार ६ गते अल इन्डिया मेडिकल इन्स्टिच्यूट नयाँदिल्लीमा क्यान्सरको उपचार गर्दागर्दै निधन भएको थियो ।

नेपालको बामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनको योद्धा, जनताको प्रजातान्त्रिक अधिकारको रक्षा गर्ने सच्चा सिपाईको रुपमा आपूmलाई परिचित गराउनु भएका द्रोणाचार्य क्षेत्रीको योगदानको चर्चा गर्दै उहाँको योगदानको बारेमा वक्ताहरुले चर्चा गर्नुभएको थियो ।

द्रोणाचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम पूर्व सांसद तथा नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य पुष्पराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रवचन सभामा मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख टीका प्याकुरेल, नेकपा भद्रपुर नगरका सहइन्चार्ज नरेश सञ्जेल, चन्द्रगढी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हीराप्रसाद पोखरेल, नेपाली कांग्रेस झापाका सदस्य तोया गडतौलालगायतका वक्ताहरुले द्रोणाचार्य क्षेत्रीको बहुमुखी व्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो ।

प्रतिष्ठानका कोषाध्यक्ष दुर्गा भट्टराईले स्वागत गर्नु भएको कार्यक्रममा महासचिव जीवनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन लोकनाथ भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति : असार ६, २०७७ शनिबार  ५ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]