कनकाईमा पानीको सामान्य सतह बढ्यो

बिर्तामोड, २२ जेठ । कनकाई नदीमा पानीको सतह बढेको छ । हिजोसम्मको पानीको सतहभन्दा आज पानीको सतह बढेको पाइएको छ ।
मंगलवार जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन उद्धृत गर्दै गृह मन्त्रालयले बाढी आउन सक्ने जनाएको थियो । बाढि नआए पनि आज पानी धमिलिएको छ । स्थानीयका अनुसार हिजोको भन्दा आज पानीको सतह बढेको छ ।
देशका केही नदीहरुमा पानीको सतह बढ्ने भएकोले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको थियो । बुलेटिनमा मंगलवार बेलुकादेखि बुधबार बिहान ११ बजे सम्म देशका प्रमुख नदीहरु कनकाई, कमला, पश्चिम राप्ति, बबई र कर्णालीलगायत यसका शाखा नदीहरुमा बहाव बढ्दो क्रममा हुने तथा आज बिहान ७ बजे सम्म सतर्कता तहभन्दा माथि हुने जनाइएको थियो ।
भोलीदेखि पानीको सतह सामान्यस्तर मै फर्किने बुलेटिनले जनाएको छ ।