बैशाख १४, २०८१ शुक्रबार

बनियाँनीको नाम अब ‘हुकाहुकी’ चोक

छेत्रलाल राजवंशी

बनियाँनी । कचनकवलमा रहेको बनियाँनी चोकको नाम हुकाहुकी नामाकरण गरिएको छ ।बनियाँनी चोकको नाम आजबाट हुकाहुकी राखिएको हो ।

बजार लगाउने पहिलो व्यक्ति राजवंशी समुदाय भएकोले चोकको नाम राजवंशी समुदायको सांस्कृतिक शब्दबाट राखिएको स्थानीय सन्तोष राजवंशीले जानकारी दिए ।

राजवंशी विकास समिति झापाको टोलीले आइतवार एक कार्यक्रमको आयोजना गरी नाम घोषणा गरेको छ । नामाकरणसँगै समितिले हुकाहुकी चोक लेखिएको बोर्ड राख्ने काम सम्पन्न गरेको छ ।
सो क्षेत्रमा बसोबास गर्ने राजवंशी भूमिपुत्र मानिन्छन् । बनियाँनीको बाटो र माटो भनेकै राजवंशी भएको उनीहरुको भनाई छ । आदिवासी राजवंशी समुदायको योगदानको कदर गर्दै बनियाँनी चोकको नामको हुकाहुकी राखिएको राजवंशी विकास समितिका अध्यक्ष पुकार राजवंशीले जानकारी दिए ।

तिहारमा लक्ष्मी पुजाका दिन हुकाहुकी खेलेर मनाइन्छ । सन्ठीको मुठो बनाएर टुप्पो बालेर माथि फाल्दै मनाइने हुकाहुकी राजवंशी समुदायको पर्व हो । विशेष गरी हुकाहुकी पर्व पूर्खाको सम्झनामा मनाउने राजवंशी समुदायका अगुवा बताउछन् ।

प्रकाशित मिति : असार ७, २०७७ आईतबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]