असार ४, २०८२ बुधबार

कालापानी सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्रको गस्ती

छाङ्गुर । पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर पुगेको हो ।

यसअघि सशस्त्र प्रहरी बलको टोली छाङ्गुर बोर्डर आउट पोस्ट आशपास मात्रै गस्ती गर्ने गरेको थियो । ३ असारमा सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पू्र्णचन्द्र थापाको छाङ्गुर भ्रमण पछि सशस्त्र प्रहरी बलको टोली कालापानीको १ नम्बर पिलर पुगेको हो ।

छाङ्गुरबाट १ नम्बर पिलर करिब ३० किलोमिटरको दूरीमा रहेको छ । सरकारले लिपुलेख लिम्पियाधुरा सहितको नक्सा आधिकारीक रुपमै नेपाल जारी गरेपछिको सुरक्षा सर्तकतालाई विशेष चासोका साथ हेरिएको छ । शिलापत्रबाट

प्रकाशित मिति : असार ७, २०७७ आईतबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]