बैशाख १३, २०८१ बिहीबार

निजी विद्यालयले शुल्क लिन थाले

झापा । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन ९एन प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटाद्वारा आज संयुक्तरुपमा विज्ञप्ति जारी गरी सो आग्रह गरिएको हो ।

ती संस्थाले लकडाउनमा अनलाइनबाट कक्षा सञ्चालन हुन थालेकाले निःशुल्क वा अत्यन्त न्यून शुल्कमा सिकाइलाई निरन्तरता दिइएको तर शुल्क नलिँदा आफूहरूलाई कठिनाइ परेको जनाएका छन् ।

सरकारले अनलाइन कक्षा सञ्चालनबापतको शुल्क लिनेबारे हालसम्म कुनै निर्णय गरेको छैन भने गत चैतमा १ महिनाको शिक्षण शुल्क मिनाहा गर्न निर्देशन गरेको थियो ।

प्याब्सन र एन प्याब्सनले विद्यालयको भाडा तिर्न नसकिएको, बैंकको ऋणको साँवा, व्याज र किस्ता बुझाउन नसकिएको स्थितिमा सरकारले उद्योगसरह कुनै राहत प्याकेजमा आफूहरूलाई समावेश गर्नुपर्ने माग पनि गरिएको छ । निजी विद्यालयका प्रशासन भने सञ्चालनमा आइसकेका छन् ।

प्रकाशित मिति : असार ७, २०७७ आईतबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]