बैशाख ७, २०८१ शुक्रबार

पाडाजुगीबाट लागुऔषधसहित तीन युवा पक्राउ

बिर्तामोड । प्रहरीले लागुऔषधसहित तीन जनालाई गौरादह रोडबाट पक्राउ गरेको छ । कमल गाउँपालिका – ५ स्थित पाडाजुगीबाट गौरादह तर्फ जाँदै गरेका युवालाई चेकजाँच गर्ने क्रममा २८ ग्राम भन्दा बढी ब्राउनसुगर सहित तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र इप्रका दमकको टोलीले ति युवासहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा कमल –५ का दिपेश थापा, झापा गाउँपालिका –४ का सरोज अली र अनन्त प्रसाद गणेश रहेका छन् । आज साँझ नियन्त्रणमा लिइएका उनीहरुलाई थप अनुसन्धानका लागि इप्रका दमकमा राखिएको छ ।

प्रकाशित मिति : असार ७, २०७७ आईतबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]