बैशाख १४, २०८१ शुक्रबार

रोनाल्डोको गोलमा युभेन्टस विजयी

एजेन्सी । बोलोग्नालाई हराउँदै इटालियन क्लब युभेन्टसले आफ्नो सिरिए ए को उपाधि रक्षा सुरु गरेको छ । जीतपछि पछिल्लो आठवटा लिग उपाधि जितेको युभेन्टसले शीर्ष स्थानमा लाजियोसँग ४ अंको दुरी बनाएको छ ।

खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यतिर ड्यानिलोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो ।

कोरोनाभाइरसको महामारीपछि स्थगित भएको लिग सुरु भएयता युभेन्टसले सोमबारको खेलअघि दुई खेल खेलेको थियो । जसमा कोपा इटालियाको सेमिफाइनलमा गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलाई पेनाल्टीमा हराएको थियो भने फाइनलमा नापोलीसँग पेनाल्टीमा नै पराजित भएको थियो ।

२७ खेलपछि युभेन्टसको ६६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लाजियोको ६२ अंक रहेको छ । लाजियोले एक खेल कम खेलेको छ ।

प्रकाशित मिति : असार ९, २०७७ मंगलबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]