असार ४, २०८२ बुधबार

आजको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना

झापा । मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा बताइएको छ ।

यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।

प्रकाशित मिति : असार ९, २०७७ मंगलबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]