कार्तिक २२, २०८१ बिहीबार

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको लगातार दोस्रो जित

बिर्तामोड । गएको वर्षको उपविजेता न्यूजिल्याण्डले आईसीसी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हरायो ।


टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९.२ ओभरमा २४४ रन बनाएको थियो । उसका लागि शकिव अल हसनले ६४ रनको योगदान दिएका थिए भने अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।


बलिङतर्फ म्याट हेनरीले चार विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट लिए । २४५ रनको लक्ष्य ४७.१ ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । न्यूजिल्याण्डको इनिङमा रोश टेलरले सर्वाधिक ८२ रनको योगदान दिए भने केन विलियमसनले ४० रन बनाए ।


बलिङमा बंगलादेशका मेहदी हसन, शकिब अल हसन, मोहम्मद साइफुदिन र मोसादेक हुसेनले दुई–दुई विकेट लिए ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]