बैशाख २८, २०८२ आईतबार

अधिकांश स्थानमा बर्षा, यी जिल्लाका नदीमा बाढीको सम्भावना

बिर्तामोड । नेपालमा केहि दिनयता मनसुन सक्रिय बनेको छ । जसका कारण केहि दिनयता देशका धेरै भू–भागमा बर्षा भइरहेको छ । आज ९शनिबार० पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने प्रदेश १, २, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिएकी छिन् ।

यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा प्रदेश १, २, बागती तथा गण्डकी र प्रदेश ५का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन् ।

आज तुलनात्मक रूपमा वर्षा केही कम हुने देखिएको जानकारी दिंदै मौसमविद् बासी भन्छिन्, ‘भोलि वर्षा अलि बढ्ने सम्भावना छ ।’

महाशाखाका अनुसार अहिले बिहान पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ । तर काठमाडौं उपत्यकामा भने यतिबेला ९शनिबार बिहान ६ः३५ बजे० घाम लागिरहेको छ । तर दिउँसो बदली भएर वर्षा हुने सम्भावना रहेको बासीले बताइन् ।

महाशाखाले शनिबार आजको मौसमबारे भनेको छ स् देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

आज ९शनिबार० पूर्वदेखि पश्चिमसम्म दर्जनभन्दा बढी जिल्लाका खोला–नदीमा बाढी आउने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ५ बजे जारी गरेको सूचनाअनुसार पछिल्लो ६ घण्टायता इलाम, झापा, मोरङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास मध्यमदेखि भारी वर्षा भएको छ ।

जसका कारण ती जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव आउने सम्भावना छ । तसर्थ ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : असार १३, २०७७ शनिबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]