बैशाख २२, २०८१ शनिबार

सलहको जोखिम अध्ययन गर्दै प्रदेश १ सरकार

विराटनगर । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ । नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो ।

शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन । तर, सम्भावित जोखिम नियन्त्रणका लागि गृहकार्य सुरु गरेको प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले बताए ।

‘सलह आइहाले नियन्त्रणमा प्रयोग हुने औषधिको उपलब्धता हेर्दैछौं’, उनले भने, ‘जोखिम आँकलन गरी कार्य योजना बनाउन आइतबार मन्त्रालयमा छलफल गर्दैछौं ।’

प्रकाशित मिति : असार १४, २०७७ आईतबार  २ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]