जेष्ठ ५, २०८१ शनिबार

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुग्यो

विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि भएकाहरु भारतबाट आएर गान्धी आश्रम क्वारेन्टिनमा बस्दै आइरहेका थिए । योसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ ।

यसैगरी झापाको हल्दीबारीमा २ जना महिला, उदयपुरको कटारीमा ३ जना महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इलामको माई नगरपालिका र सुनसरीको इनरुवा नगरपालिकामा एकरएक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ ।

प्रकाशित मिति : असार १४, २०७७ आईतबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]