बैशाख १२, २०८१ बुधबार

झापा गाउँपालिकामा युवाको खवरदारी तिब्र, कानुनी कारवाही गर्ने गाउँपालिको धम्की

बिर्तामोड । झापा गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ को लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रममा युवाहरुले प्रश्न उठाएका छन् ।

गाउँपालिका क्षेत्रका अगुवा युवाले बजेट नीति तथा कार्यक्रममा कडा खवरदारी गरेपछि गाउँपालिकाले विज्ञप्ति नै सार्वजनिक गर्दै खवरदारी गर्ने युवाहरुलाई कानुनी कारवाही गर्ने धम्की दिएको छ ।

युवाहरुले स्थानीय तहले प्राथमिकतामा राख्ने क्षेत्रलाई वेवास्था गरेर जनप्रतिनिधि र कर्मचारीमुखी बजेट ल्याएको टिप्पणी गर्दे आएका छन् । उनीहरुले विभिन्न बहानामा जनप्रतिनिधि र कर्मचारीलाई सेवा सुविधा र भत्ता मात्रै वितरण गर्ने गरी बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन् ।
झापा गाउँपालिकाका आम नागरिक कृषि क्षेत्रमा आवद्ध छन् । गाउँपालिकाले कृषकमैत्री बजेट निर्माण नगरी पूर्वाधारमा सबैभन्दा धेरै बजेट छुट्याएर स्थानीय तहले कृषि क्षेत्रलाई उपेक्षा गरेको स्थानीय अगुवा पर्वत गुरुङले बताएका छन् । उनले सो क्षेत्रका लागि गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । गुरुङले भने, यहाँका नागरिकको जीवनस्तर उकास्ने हो भने कृषिलाई प्राथमिकतामा राख्नुपर्छ, तर गाउँपालिकाले पूर्वाधारमा राखेको छ । पूर्वाधार विकासले नागरिकको जीवन उस्किदैन ।

गाउँपालिकाले असार १० गतेको गाउँसभाबाट ४२ करोड ११ लाख १३ हजार बजेट सार्वजनिक गरेको छ । त्यसमध्ये पूर्वाधार विकासमा १४ करोड ४६ लाख ३३ हजार विनियोजन गरेको छ भने कृषिमा ५८ लाख, शिक्षामा ७६ लाख, स्वास्थ्यमा ४० लाख, भ्रमण खर्च १५ लाख, सवारी मर्मत तथा इन्धनमा ३७ लाख, युवा उधमशिलता प्रवद्र्धन तथा विकासमा ४ लाख विनियोजन गरेको छ ।
विभिन्न शिर्षक राखेर गाउँपालिकाले भत्ता र सुविधाको नाममा ८९ लाख ५० हजार विनियोजन गरेको देखिन्छ । कर्मचारी बैठक भत्ता २ लाख ५० हजार, अन्य भत्ता ७ लाख, पदाधिकारी बैठक भत्ता २० लाख, पदाधिकारी अन्य सुविधा ६० लाख विनियोजन गरेको छ ।

सामाजिक सञ्जालमा गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रममा जोडदार खवरदारी गर्दै आएका स्थानीय अगुवा युवा मनोज ताम्लीलाई हामीले साधेका छौं, आफ्नै गाउँपालिकाको बारेमा सामाजिक सञ्जालमा किन आलोचना गर्नुभएको ? ताम्लीले जवाफ दिदैं भने, हामी युवाहरु देश तथा विदेशका प्रमुखहरुका सन्दर्भमा निकै आलोचना र खवरदारी गर्छौं, स्थानीय तहमा खवरदारी नगर्दा भ्रष्टाचार मौलाएको छ । जनमैत्री कार्यक्रम निर्माण भइरहेको छैन । त्यसैले आलोचना गरेको होइन, हामीले खवरदारी गरेका हौं । जनमुखी कार्यक्रम निर्माणमा खवरदारी गरेको ताम्लीको दावी छ ।

उनले ९० प्रतिशत किसान रहेको गाउँपालिकामा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम निर्माण नगरिएकोमा चिन्ता व्यक्त गर्दै पूर्वाधार निर्माणले मात्र गाउँपालिका समृद्ध नहुने जिकिर गरे । ताम्लीले पूर्वाधारमा मिलोपतो धेरै गर्न पाइने भएकाले त्यसमा धेरै बजेट छुट्याएको आरोप लगाएका छन् । क्याम्पस नरहेको सो गाउँपालिकाले आगामी योजनामा क्याम्पस निर्माणबारे कार्यक्रम निर्माण नगर्नु दुःखद् रहेको ताम्लीको ठहर छ । यसबारे कुरा गर्न अध्यक्ष जयनाराण शाहसँग धेरै पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् ।

कोरोनाबाट प्रभावित भएर वैदेशिक रोजगारीबाट फर्किने युवाहरुलाई लक्षित गरी कुनै पनि कार्यक्रम निर्माण नगरेको युवाहरुको गुनोसा छ ।

प्रकाशित मिति : असार १५, २०७७ सोमबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]