असार ५, २०८२ बिहीबार

भारतमा टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध

नयाँदिल्ली – चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको हो । छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । यस कम्पनीले चीन सरकारसँगको सम्बन्धको कुरा भने अस्वीकार गर्दैआएको छ ।

भारत सरकारले हालै उक्त एप्सलाई बन्द गरेको जनाएको हो । यससँगै ५८ वटा एप्स बन्द गरिएका छन् । जहाँ अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट पनि छन् । भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको हो । लद्दाख झडपको एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनीका उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

जुन महिनाको सुरुमा लद्दाखस्थित गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए । फलस्वरुप भारतमा चीनविरोधी प्रदर्शन समेत भएका छन् । लोकप्रिय एप्स टिकटकका २ सय मिलियन प्रयोगकर्ता छन् ।

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]