जेष्ठ ३, २०८२ शुक्रबार

मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् ।

पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लागेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्शसमेत गरेका थिए ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]