जेष्ठ ५, २०८१ शनिबार

प्रधानमन्त्री ओलीको पक्षमा आज बिर्तामोडमा प्रदर्शन हुँदै

बिर्तामोड। प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले बिहीबार प्रदर्शन गर्ने भएका छन्।

झापाको विर्तामोडको मुक्ति चोकमा बिहीबार अपरान्ह ३ बजेका लागि प्रदर्शन गर्न लागिएको नेकपाका युवा नेता टिका मग्रातीले जानकारी दिए।

सत्तारुढ पार्टी सम्बद्ध भातृ संस्थाका युवाहरू प्रदर्शन निस्किने बताइएको छ। उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चुनाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई जबरजस्ती राजीनामा गर्न लगाउने षडयन्त्रको भण्डाफोर गर्न ओली जिताउन खटिएका युवा प्रदर्शनमा उत्रने मग्रातीले बताए।

प्रकाशित मिति : असार १८, २०७७ बिहीबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]