असार ५, २०८२ बिहीबार

राष्ट्रपतिलाई भेट्न नेकपाका अध्यक्ष प्रचण्ड शीतलनिवासमा

काठमाडौ। नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।

अहिले अध्यक्ष र राष्ट्रपतिबीच भेट भई रहेको राष्ट्रपतिका मुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसदको जारी बर्षे अधिवेशन आज ५.०० बजेबाट अन्त्य भएको घोषणा गर्नुभएपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड शीतल निवास पुग्नुभएको हो । मन्त्रिपरिषद्को आजको बैठकले सो अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : असार १८, २०७७ बिहीबार  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]