जेष्ठ ५, २०८१ शनिबार

ओली विरुद्ध षडयन्त्र नगर्न झापाली युवाहरुको चेतावनी

बिर्तामोड । झापाको बिर्तामोडमा आज सरकारको समर्थनमा प्रदर्शन गरिएको छ । जिल्लाका अगुवा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरेका हुन् ।

वर्तमान सरकारका प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र बाहिरबाट अनावश्यक घेरावन्दी गरिएको भन्दै युवाहरुले विरोध जनाएका छन् । केहि दिनदेखि ओली सरकार विरुद्ध भइरहेको षडयन्त्र विरुद्ध युवाहरुले खबरदारी गर्दै अहिलेको अवस्थामा ओली सरकारको विकल्प नरहेको बताएका छन् । उनीहरुले जनताको अभिमतले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीलाई विना कारण हटाउन खोज्नु दुर्भाग्य हुने चेतावनी समेत दिएका छन् ।

बिर्तामोडको मुक्तिचोकमा भेला भएका युवाहरुले नयाँ प्रधानमन्त्री आम निर्वाचन पछि मात्रै बन्ने हो भन्दै अस्थिरता निम्त्याउनेहरुलाई होसियार हुन चेतावनी दिइएको छ । उनीहरुले ओली सरकार जनताको सरकार रहेको भन्दै अनावश्यक झमेला सिर्जना नगर्न आग्रह गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै पत्रकार गणेश पोखरेलले पदका भोकाहरुले प्रधानमन्त्री ओली विरुद्ध जालझेल शुरु गरेको बताए । उनले अहिले कुनै पनि हालतमा ओलीले नेतृत्व छोड्न नहुने बताएका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री पद् छोड्न दवाव दिइरहेको बेला पत्रकार पोखरेलले निर्वाचनपछि मात्र अन्य विकल्प सोच्न सकिने बताए ।

प्रदर्शनमा सम्बोधन गर्दै नेकपा झापाका जिल्ला सदस्य टिका मंग्रातीले प्रधानमन्त्रीलाई खुट्टा नकमाउन आग्रह गरेका छन् । मंग्रातीले भने, झापाली नागरिकहरु तपाईको समर्थनमा छौं, अघि बढ्नुहोस् । नेता मंग्रातीले प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल ‘डेट एक्स्पायर’ नेता भएकाले जनताले उनीहरुबाट अब कुनै आशा नगरेको सम्बोधनका क्रममा भनेका छन् । उनले यसअघिका प्रधानमन्त्री र पार्टी नेतालाई जनताले जाँच गरिसहेको बताउँदै उनले जनताको चहाना विपरित प्रधानमन्त्री फेर्न खोजेमा ठुलो दुर्घटना हुने चेतावनी दिए ।

मुलुक संकटमा रहेका बेला नेताहरुबाट हदैसम्मको निच व्यवहार भएकोले नेताहरुलाई सुध्रिन समेत झापालीहरुले अपील गरेका छन् ।

प्रकाशित मिति : असार १८, २०७७ बिहीबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]