जेष्ठ ५, २०८१ शनिबार

तीन दिन वर्षा, कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको जोखिम ?

काठमाडौं । नेपालमा दिनहुँ मनसुन सक्रिय बन्दै गइरहेको छ । अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसमविद्का अनुसार बुधबार र बिहीबार मनसुन सामान्य अवस्थामा रहेका कारण यी दुई दिन तुलनात्मक रूपमा वर्षा केही कम भइरहेको थियो । तर आजबाट मनसुन पुनः ‘एक्टिभ’ भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो ।

‘हामी सामान्यतया ७२ घण्टा (तीन दिन) को मौसम अनुमान गर्छौं,’ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘यस अवधिभर वर्षा अलि बढी हुने सम्भावना देखिएको छ ।’

अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार लगातार ठूलो पानी पर्ने सम्भावना भने छैन ।

मेघ गर्जन र चट्याङसहित एकछिन पानी पर्दै एकछिन रोकिने क्रम चल्ने उनले जानकारी दिइन् । राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने, पहिरो जाने र डुबानको समस्या हुन सक्ने भएकाले सुरक्षित र सतर्क हुन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]