बैशाख १४, २०८१ शुक्रबार

झापामा निजी विधालयका शिक्षक–कर्मचारी आन्दोलित, तलव नदिए विधालय बेचेर असुल्ने चेतावनी

बिर्तामोड । झापाका निजी बिधालयमा कार्यरत शिक्षक कर्मचारी आन्दोलित भएका छन् । शिक्षक कर्मचारीले तलव माग गर्दै आन्दोलन गरेका हुन् ।

झापाको विर्तामोडमा आज संस्थागत विधालय शिक्षक युनियनले शिक्षक कर्मचारीलाई तत्काल तलव उपलब्ध गराउन माग गर्दै आन्दोलन शुरु गरेको हो । झापा जिल्लाभरबाट सहभागी भएका शिक्षक, कर्मचारी र चालकहरुले तलव माग्दै बिर्तामोड परिक्रमा गरेका छन् ।

उनीहरुले बिर्तामोड परिक्रमा गरेर कोण सभा गर्दै अहिलेसम्म रोकिएको तलव सुविधा विना सर्त उपलब्ध गराउन माग गरे । लकडाउनको बहानामा शिक्षक कर्मचारीलाई निजी बिधालयहरुले तलव नदिएको भन्दै आन्दोलन शुरु गरेको बताएका छन् ।

कोणसभालाई सम्बोधन गर्दै युनियनका नेताहरुले चैतदेखि रोकिएको तलव नदिए चरणबद्ध आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । उनीहरुले शिक्षकलाई कर्मचारीलाई भोकै बनाएर निजी बिधालयहरुले अन्याय गरेको बताएका छन् ।

युनियनका जिल्ला सदस्य पदम तामाङले तलव नपाउँदा शिक्षक कर्मचारीको चुलो बल्न छोडेको बताएका छन् । उनले ३÷४ महिनादेखि तलव विहीन भएका शिक्षक कर्मचारीको अवस्था बारे विधालयहरुलाई संवेदनशील बन्न आग्रह गरे । तामाङले कोभिड–१९ को बहानामा तलव नदिए विधालय बेचेर तलव असुल्ने चेतावनी दिएका छन् । उनले शिक्षक कर्मचारीको श्रममाथि हेल्चेक्राई नगर्न भन्दै भोको पेटले गर्ने विद्रोह खतरनाक हुने धम्की दिएका छन् ।

कोणसभालाई सम्बोधन गर्दै युएनटीओका झापा अध्यक्ष शिवकुमार राजभण्डारीले निजी बिधालयलाई आफ्ना शिक्षक कर्मचारीको श्रमको मुल्य दिन सचेत गराएका छन् । उनले यो पहिलो चरणको आन्दोलन सांकेतिक भएको जनाउदै अब पनि तलव नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए । सभालाई युनियन आवद्ध नेताहरुले संम्बोधन गर्दै तलव नरोक्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार  ४ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]