चैत्र १६, २०८० शुक्रबार

यातायात कार्यालय झापाले आइतवारदेखि सेवा दिने, तोकियो समय तालिका

बिर्तामोड । यातायात व्यवस्था कार्यालय झापाले असार २१ गते आइतवारदेखि सेवा सुरु गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै सेवा सुरु गर्ने जानकारी दिएको हो ।

स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै सामाजिक दुरी कायम गरेर ट्रायल बाहेकका सेवा सुरु गर्ने कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सार्वजनिक विदा बाहेक प्रत्येक आइतवार , सोमबार र मंगलवार ३ पाङग्रे र ४ पाङग्रे सवारीको सबै सेवा उपलब्ध गराइने छ । कार्यालयका अनुसार बिहान साढे ८ देखि बेलुकी ६ बजेसम्म सेवा दिइने छ । राजश्व ३ बजेसम्म मात्र लिइनेछ । यस्तै, सार्वजनिक विदा बाहेक बुधबार , बिहीवार र शुक्रवार २ पाङ्ग्रे सवारी सम्बन्धि सेवा प्रदान गरिने छ ।

ट्रायल पासको राजश्व बुझ्ने, लकडाउन अवधिमा परी जरिवाना लाग्ने बाहेकका सवारीको सवारी चालक अनुमति पत्रको नविकरण, प्रतिलिपि निकाल्ने र स्मार्ट कार्ड वितरण कार्य सार्वजनिक विदा बाहेक सबै दिन गरिने कार्यालयले जनाएको छ । उक्त कार्यका लागि पनि सोहि अनुसारको समय तोकिएको छ ।

प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]