असार ६, २०८२ शुक्रबार

इटहरीको अहिलेसम्मकै उत्कृष्ठ वजेट : नगरसभा सदस्य

इटहरी । इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरको आगामी आर्थिक वर्षको वजेट नीति तथा कार्यक्रम अहिले सम्मकै उत्कृष्ठ रहेको बताएका छन् ।

नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोश्रो वैठकमा वोल्दै नगरसभा सदस्य गणेश खत्रीले आर्थिक वर्ष २०७७।७८को वजेट नीति तथा कार्यक्रम तीन बर्षकै उत्कृष्ठ र ब्यवस्थित रहेको बताउनुभयो । उहाँले कार्यावन्यनमा सवै जुटनुपर्ने वताउनुभयो । नगरसभा सदस्य डिक वहादुर राईले वजेट ब्यवहारिक र उत्कृष्ठ रहेको वताउनुभयो । उहाँले वजेटले सवैक्षेत्रलाई सम्वोधन गरेको वताउनुभयो ।

इटहरीचौकमा नेपालको नक्सा सहितको पृथ्वीको स्मारक राख्न लागिएकोमा खुशी प्रकट गर्दै नाम भने इटहरी चौकनै हुदाँ राम्रो हुने जनताले माग गरेको वताउनुभयो । अर्का सदस्य कर्ण वहादुर पौडेलले इटहरीमा प्रमुख प्रसाशकीय अधिकृत चाडै परिवर्तन हुदाँ समस्या हुने गरेको वताउनुभयो । उहाँले भन्नुभयो “प्रमुख प्रशासकीय अघिकृत वस्ने भवननै पोखरीमाथि छ नागको तापले पो हो कि किन हो हाकिम चाँडै जान्छन् ।”

नगरसभा सदस्य तेजनारायण चौधरीले इटहरी उपमहानगरले चालुआर्थिक वर्षमा ११ वटा र आगामी वर्ष थप गरि वहुवर्षे योजना संचालन गर्न लागेकोमा खुशी प्रकट गर्नुभयो । वहुवर्षे सडक योजनाका कारण गाँउ गाँउका जनताले उपमहानगरवासीको अनुभूति गर्न पाएको उहाँको भनाई छ ।
वैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेश गर्नुभयो । अर्को वैठक असार २२ गते वस्ने छ ।

प्रकाशित मिति : असार २१, २०७७ आईतबार  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]