चैत्र १५, २०८० बिहीबार

विदेशीलाई नागरिकता बनाइदिने जिल्ला प्रशासन झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ

बिर्तामोड । विदेशी नागरिकलाई नागरिकता बनाई दिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पक्राउ गरिएको छ ।

झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको हो ।

झुठ्ठा बिवरण पेश गरि बिदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाले ०७२ मंसिर १० गते वारेन्ट जारी गरेको थियो ।

आचार्यलाई महानगरिय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक साकारराज पन्तले शनिवार पक्राउ गरेका हुन् ।

आवश्यक कारबाहीको लागि प्रहरीले आचार्यलाई आज जिल्ला अदालत झापामा बुझाएको झापका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : असार २१, २०७७ आईतबार  ४ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]