नागरिकता बनाइदिने प्रशासकीय अधिकृत आचार्य कारागार चलान
बिर्तामोड । भारतीय नागरिक मुस्तफा आलमलाई झुठो विवरणका आधारमा नागकिता बनाइदिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्य कारागार चलान भएका छन् । उनले ०७२ असारमा नागरिकता बनाइदिएका थिए ।
सोहि कसुरमा जिल्ला अदालत झापाले उनी विरुद्ध वारेन्ट जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकार राज पन्तको नेतृत्वमा काठमाडौं गएको टोलीले महानगरीय अपराध महाशाखाको सहयोगमा गत असार २० गते पक्राउ गरेको थियो ।
प्रहरीले आचार्यलाई २१ गते जिल्ला अदालतमा बुझाएको थियो । कसुर बमोजिम अदालतले २२ गते पुर्पक्षका लागि झापा कारागार चलान गरेको छ ।