बैशाख २०, २०८१ बिहीबार

मेचीनगरद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

बिर्तामोड । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस कोभिड १९ ले पारेको प्रभाव र निराकरणका उपायका साथै आर्थिक, समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण, तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरीवी निवारण सम्बन्धी नीतिलाई प्रमुख आधार बनाइएको छ ।

धुलावारीको स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पताल र मेची आम्दा हस्पिटललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने नगरको स्वास्थ्य नीति कार्यक्रममा सवोश भएको छ ।
संघीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका साथ वजेट नीति तथा कार्यक्रम प्रस्तावित गरिएको छ । नेपालको संविधान २०७२ वमोजिम स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले पद वहाल गरी सके पछि ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्धिको मूल आधार’ भत्रे नगर दृष्टिकोण कार्यान्वयन गर्न नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चहानालाई परिपूर्ति गर्न जनसहभागिता,उत्तरदायित्व, पारदर्शीतालाई सुनिश्चित गर्दै यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल नगर वनाउन तथा विभिन्न नीति तथा कार्यक्रमहरु अवलम्वन गरिएको छ ।


नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा सम्पन्न छैठौ नगरसभामा उपस्थित १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली ,नगर कार्यपालिकाका पदाधिकारीहरु, वडाध्यक्ष र नगर सदस्यहरूको उपस्थितिमा १७ पृष्ठ लामो वार्षिक नगरर विकास योजनाको लागि उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी छन् ।


स्थानीय सरकार सञ्चालनको अभ्यास, नगर योजनामा प्राथमिकता, योजना छनौट, नीति तथा कार्यक्रम स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्वन्धि नीतिलाई समेत नगरका प्रमुख नीतिहरुका रुपमा राखिएको छ ।
विश्वव्यापी महामारीकोे रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न र सो को कारण शिथिल बनेको नगरको अर्थतन्त्रलार्ई चलायमान गराउनुपर्ने चूनौतीहरुकाबीचमा नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तथा बजेटकोे तर्जुमा गर्दा नगरपालिकाले गहन जिम्मेवारी बोेध गरेकोे छ ।


यस्तो चूनौतीहरुलार्ई सम्बोधन गदैं नगरको विकास, सुशासन र समृद्घिको यात्रालाई निरन्तरता दिने मुल ध्येयका साथ आगामी आर्थिक वर्ष २०७७÷२०७८ को वार्षिक नगर विकास नीति तथा कार्यक्रम नगररसभा समक्ष पेश गदैं उपप्रमुख उप्रेतीले स्थानीय सरकारले नगरवासी तथा सम्पूर्ण नेपाली जनताहरुलाई कोभिड १९ को संक्रमणबाट बचाउन अघिल्लोे बर्षको माघ १५ गतेबाटै नगरकोे पूूर्वीद्वार काँकरभिट््टामा कोेरोना रोकथाम हेल्प डेक्स स्थापना गरी विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरेको सभामा जानकारी गराएकी थिईन् ।
कोभिड १९ संक्रमण नियन्त्रणका कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्न चालु खर्च कटौती गरी पूँजीगत खर्च बृद्घि गर्न कार्यालय समयभित्र हुने खाजा खर्च वाहेक कार्यालय समयभित्र कार्यालयका कर्मचारी मात्रको बैठकको लागि भत्ता शीर्षक खर्च गर्ने नीति अवलम्बन गरिएको छ ।
उपप्रमुख उप्रेतीले स्थानीय आवश्यकता अनुुसार परिरयोजनाहरु छनौट गरी संघीयता र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भावना र मर्म बमोजिम हरेक वडाका लागि वडास्तरीय योजना छनौट गरी सञ्चालन गर्न वडास्तरीय बजेट सिलिङ १ करोड निर्धारण गरी कार्यान्वयन गरिने, साथै थप स्रोत प्राप्त भएमा ५० लाखका पूर्वाधारका कार्यक्रम अन्तर्गत बढीमा ३ वटा योजना छनोट गरीने समेत बताईन् ।
नगर कार्यपालिकाबाट स्वीकृत हुने कार्याविधिअनुसार आयोजना गरी सञ्चालन गर्ने गरी पूवाृधार विकास कार्यक्रमको लागि १ करोेड २० लाख बजेट व्यवस्था गर्ने नीति जर्तुमा गरिएको छ । मेचीनगरको गौरवका आयोजना तथा कार्यक्रमका रुपमा यसअघि स्वीकृत भई सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरु आगामी दुईवर्षभित्रै सम्पन्न गर्ने नीति लिइएको छ ।

नगरपालिकाको सभाकक्षमा सम्पन्न नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति कार्यक्रममा नगरपालिकाले चालुु आर्थिक वर्षमा सवारी साधन, यान्त्रिक साधन, आइटीका सामान, फर्निचर, सजावटका सामग्री आदि खरिद नगर्ने , नगरपालिकाबाट एक लाखभन्दा माथिको रकमको बिल भर्पाइ भुक्तानी हुनुभन्दा एक दिन अघि नगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेर मात्र भुक्तानी प्रक्रिया अघि बढाउने नयाँ नीति लिएको छ ।

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न’ भन्ने सरकारी सदाचारी नीतिलाई अवलम्बन गर्दै मेचीनगरले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति र कार्यक्रममा उल्लेख छ ।

नगरभित्रका उद्योगधन्धामा आवश्यक पर्ने जनशक्ति नगरभित्रबाटै उपलब्ध गराउने, विकास निर्माणको अनुगमनमा तेस्रो पक्षको समेत सहभागिता गराइने, विपद् व्यवस्थापनका लागि विपत् कार्ययोजना बनाउने र व्यवस्थापनका लागि सामुदायिक भवनको निर्माणलाई प्राथमिकता दिने, नगरभित्रका विकासे आयोजनामा २५ लाखसम्म उपभोक्ता समितिमार्फत काम सम्पन्न गराउने र वडाहरुमा वडा सचिव र तोकिएको लेखा कर्मचारीको दस्तखतबाट बैङ्क खाता सञ्चालन गरी विकास निर्माणका आयोजनाहरुको खर्च फरफारक गर्ने , बाहुनडाँगी पशु प्राविधिक शिक्षालय को व्यवस्थापनका लागि डीपीआर एक वर्षभित्रै तयार पारी काम अघि बढाउने, नगरभित्रका सर्वाधिक करदाता र उद्योगी व्यवसायीलाई सम्मानित गर्ने, उत्पादनमा आधारित अनुदन नीति लागू गरिने उपप्रमुख उप्रेतीले बताईन् ।

घर भाडामा बस्नेहरुलाई अनिवार्य रुपमा सूचीकृत गर्ने, सहकारी, निजी फर्म र साना उद्यमीहरुलाई ग्रेडिङ, प्याकेजिङ, लेबलिङमा अनुदान दिने, भूमि बैङ्कको स्थापना गर्ने, शित भण्डारसहितको थो कृषि बजारको व्यवस्थापन गर्ने, चिया, मरिच, रुद्राक्ष, मेवा, कागती, खोर्सानी लगायतका नगदे बालीको व्यावसायिक उत्पादनको सिञ्चाइका लागि अनुदानको व्यवस्था गरिने, सुपथ मूल्यमा विपन्न परिवारलाई खाद्य वस्तु दिन नमुना परियोजना सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

उपप्रमुख उप्रेतीका अनुुसार ‘जनताको उत्पादन, सरकारको मूल्य, सहकारीको बजार व्यवस्थापन’ भन्ने नारा अनुरुप कृषक, कृषि फर्म, कृषक समूहबाट उत्पादित कृषि उपजलाई न्यायोचित मूल्य कायम गरी कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थामार्फत कृषकको घर आँगनबाटै खरिद तथा बजारिकरणका लागि कार्यक्रम सञ्चलन गरिने छ ।

सरसफाई कर लगाइने, राष्ट्रिय आवास कम्पनीबाट जग्गाको स्वामित्व हस्तान्तरणका लागि बजेट छुट्याउने, लकडाउन अवधिको ठेक्का रकम फिर्ता दिइने, सडकको दायाँ बायाँ किनारमा वृक्षारोपण गरिने, नगर विपत् व्यवस्थापन योजना बनाउने, नदीजन्य उत्खनन्बाट उठेको रकमको १० प्रतिशत रकम सोही क्षेत्रको वातावरणीय संरक्षण, गरीवी र जोखिम न्यूनीकरणका आयोजनामा खर्च गर्ने नगरल नीति बनाएको छ ।

शिक्षा सम्बन्धी नीतिमा बाल विकास केन्द्रका शिक्षकलाई मासिक पारिश्रमिक थपिदिने, प्रमुख शिषकहरुलाई तालिम दिने, दीर्घकालीन शिक्षा नीति बनाउने, सामुदायिक क्याम्पसहरुलाई अनुदानमा निरन्तरता दिने उल्लेख छ ।आदिबासी, जनजाति, दलित, महिला, शारीरिक अशक्त आदिका लागि कार्यक्रम ल्याउने, विद्यालयमा छात्रा शौचालय अनिवार्य गर्ने, गरिव तथा विपन्न परिवारका महिला सुत्केरी हुँदा २ सन्तानसम्मका लागि २ हजार रुपैयाँ सुत्केरी पोषण भत्ता दिने, खाली जग्गामा सँधियारले खेतीबाली लगाउन पाउने समेत नगरको नीतिमा समेटिएको छ ।

नगरप्रमुख विमल आचार्यले प्रस्तुत नीति र कार्यक्रमका बारेमा थप प्रष्ट पादैं १५ वटै वडाबाट प्रतिनिधिमुलकरुपमा आ—आफ्नो विचार राख्न नगर सदस्यहरुलाई समय दिएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङले सञ्चालन गरेको कार्यक्रममा १ नम्बर प्रदेश सांसद् श्रीप्रसाद मैनालीले उद्घाटन मनतव्य उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत गरेकी थिइन् भने नगरसभा सदस्य धिरावती लिम्बु, लीलादेवी कन्दङ्वालगायतले बोेलेका थिए ।

प्रकाशित मिति : असार २४, २०७७ बुधबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]