बैशाख १२, २०८१ बुधबार

प्रदेश-१ मा स्बाव थन्किन छाडे, ७२ घण्टामै रिपोर्ट

विराटनगर, असार २६ गते । प्रयोगशाला क्षमता वृद्धि गरिएका कारण प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि सङ्कलित नमुनाको ७२ घण्टा नबित्दै नतिजा आउने गरेको छ ।
सङ्क्रमणकाे जोखिममा परेकाहरूबाट सङ्कलन गरिएको नमुनाको बिहीबारसम्म परीक्षण गरिसकिएको हो । बिहीबार परीक्षण गरिएको नमुना मङ्गलबार र बुधबार सङ्कलन गरिएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख एवम् तीनवटा ल्याबको संयोजन जिम्मेवारी तोकिनुभएका डा. जयबेन्द्र यादवका अनुसार शुक्रबार बीपीमा ४६८, कोशीमा २५० र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि एक सय नमुना परीक्षणको लाइनमा छन् । यी नमूनाहरू बुधबार सङ्कलन गरिएका पहाडी क्षेत्रका र बिहीबार सङ्कलन गरिएका तराई तथा सुगम पहाडी जिल्लाहरूका हुन् ।

बिहीबारसम्म २९ हजार १०९ जनाको स्वाब नमूना सङ्कलन गरिएकामध्ये परीक्षण नतिजा सार्वजानिक भइसकेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख यादवले जानकारी दिनुभयो । परीक्षण गरिएकामध्ये ७०४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाको तथ्याङ्कमा उल्लेख छ । सङ्कलित नमनामध्ये २८ हजार ४०५ जनामा कोभिड–१९ नेगेटिभ देखिएको थियो ।

पहिलो सङ्कलित नमुनाको पहिलो परीक्षण विधि अपनाएका छौँ, प्रदेश प्रयोगशालाका प्रमुख डा. यादवले भन्नुभयो, कुनै पनि नमुना सङ्कलन भएको ७२ घण्टाभित्रमा परीक्षण भइसकेका छन् । ल्याबमा आइपुगेको ४८ घण्टाको अवधिमा नमुना परीक्षण प्रतिवेदन सार्वजानिक हुने गरेको डा. यादवले बताउनुभयो ।

प्रदेश १ का तीन प्रयोगशालामध्ये कोशी अस्पताल विराटगरबाट ३५५ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट २१० जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको परीक्षणबाट १२७ जनाको रिपोर्ट कोरोना पोजिटिभ प्रमाणित भएकाे हाे । प्रदेश १ मा प्रयोगशाला सञ्चालनमा ल्याउनुअघि टेकु अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा १२ जनामा कोभिड–१९ पोजिटिभ पुष्टि भएको थियो ।

सङ्क्रमित धेरै युवा
प्रदेश १ मा बिहीबारसम्म सङ्क्रमित ७०४ जनामध्ये ११५ जना महिला र ५८९ पुरुष छन् । तीमध्ये ११ वर्षदेखि ४० वर्ष उमेर समूहका सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ ।
मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताका अनुसार २१ वर्षदेखि ३० वर्ष उमेर समूहका युवामा सङ्क्रमण अधिक देखिएको छ । यो उमेर समूहका २७६ जना सङ्क्रमित भएको हुन्, जसमा ४८ महिला र २२८ पुरुष रहेका छन् । सबैभन्दा बढी भारतबाट फर्कनेहरू यो उमेर समूहका रहेका छन् । यसैगरी ११ वर्षदेखि २० वर्ष उमेर समूहका १५८ जना, ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका १४९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्याङ्क अनुसार १० वर्षमुनिका १९ जना सङ्क्रमित छन् । ४१ वर्षदेखि ५० वर्ष का ७३ जना, ५१–६० का २२ जना र ६१–७० वर्ष उमेर समूहका सात जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितको उपचारका लागि पाँच स्थानमा आइसोलेसन केन्द्र विस्तार गरिसकिएको छ । बिहीबारसम्म पाँच आइसोलेसन केन्द्र पुगेको हो । जसमध्ये कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ३२ जना, सुन्दरहरैंचाको पीयू कोभिड–१९ आइसाेलेसनमा ५८ जना, बीपी कोइराला धरानको कोभिड–१९ उपचार केन्द्रमा ४१ जना, चौदण्डीगढी उदयपुरमा २१ जना र जिल्ला अस्पताल खोटाङमा एक जना सङ्क्रमित उपचारत रहेका छन् ।

तराईका तीन जिल्लामा धेरै सङ्क्रमित
प्रदेश १ का १४ जिल्लामध्ये झापा कोरोना सङ्क्रमणको हटस्पट बनेको छ । झापामा सङ्क्रमितको सङ्ख्या २९८ जना पुगेको हो । त्यसपछि मोरङमा १८३ जना, सुनसरीमा ९८ जना, उदयपुरमा ७२ जना, इलाममा १३, खोटाङमा ११, धनकुटाdf आठ, भोजपुरमा छ, संखुवासभामा पाँच जना रहेका छन् । यसैगरी तेह्रथुम र ताप्लेजुङमाा तीन–ती जना, ओखलढुङ्गा, सोलुखुम्बुमा एक–एक जना सङ्क्रमित भएका छन् । प्रदेशमा सङ्क्रमितमध्ये ५४१ जना डिस्चार्ज भसकेका हुन् ।

प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार  १२ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]