बैशाख ८, २०८१ शनिबार

रियल मड्रिडको जित, उपाधि यात्रामा एक कदम नजिक

स्पेनिस ला लिगाको शीर्ष स्थानको रियाल मड्रिडले अलाभेसलाई दुई शून्यले हराउँदै उपाधि यात्रामा एक कदम नजिक पुगेको छ । गएराति भएको खेलमा रियालले अलाभेसलाई घरेलु मैदानमा सहज रुपमा हरायो ।

रियालका लागि करिम बेन्जिमा नायक बने । जारी लिगमा लगातार आठौं खेलमा जित निकाल्ने क्रममा रियालका लागि बेन्जिमाले एक गोल र एक एसिस्ट गरेका थिए ।

११ औं मिनेटमा रियालले अग्रता लियो । अलाभेसका डिफेन्डर छिमो नाभारालेले रियालका फर्लान्ड मेन्डीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई बेन्जिमाले गोल गर्न सफल भए । त्यो पेनाल्टीमा भिएआरको सहायता लिइएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियालले दोस्रो हाफमा अर्को गोल गर्यो । जसमा दोस्रो हाफको सुरुमा नै रोद्रिगोको पासमा बेन्जिमाले मिलाइ दिएको बललाई मार्को एसेन्सियोले गोल गरे । तर उनको त्यो गोललाई रेफ्रिले अफसाइड दिए पनि फेरि भिएआरले गोलको मान्यता दियो ।

त्यसपछि अलाभेस खेलमा फर्कन सकेन र रियालले लगातार आठौं जित दर्ता गर्यो । यो जितपछि रियालले दोस्रो स्थानको बार्सिलोनासँगको दुरी चार अंकमा पुर्याएको छ । रियालको ३५ खेलमा ८० अंक भएको छ भने बार्सिलोनाको ७६ अंक छ । अलाभेस भने अझै पनि रेगिलेसनको खतरामा रहेको छ । 

प्रकाशित मिति : असार २७, २०७७ शनिबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]