बैशाख २८, २०८२ आईतबार

झापामा ७५ हजार बराबरको नक्कली भारतीय नोट बरामद

बिर्तामोड । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । पाँच सय भारतीय रुपैयाँका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । पक्राउ पर्ने अर्का व्यक्तिको भने प्रहरीले परिचय खुलाइसकेको छैन ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ । उनले अनलाइनखबरसँग भने, ‘म्याद थप गर्न लगेका छौं, त्यसपछि विस्तृतमा अनुसन्धान सुरु हुन्छ ।’

बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन‍‍् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।

प्रहरीले बताएअनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरब्याजी पनि हुन् । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिररहेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  १२ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]