बैशाख १३, २०८१ बिहीबार

म्यानचेस्टर सिटीमाथिकाे प्रतिबन्ध फुकुवा

झापा – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको प्रतिबन्ध सोमबार फुकुवा भएको छ ।

खेलकुदको न्यायिक निकाय कोर्ट अफ् आर्बिट्रेशन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जनाएको हो । युरोपियन फुटबल महासङ्घले प्रिमियर लिग क्लब सिटीलाई गएको फेब्रुअरीमा दुई सिजनको लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

यूईएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको हो । यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरोसमेत जरिबाना गरिएको थियो ।

फुकुवासँगै सिटीले च्याम्पियन्स लिग खेल्न पाउने भएको छ । यस्तै सिटीको जरिबानासमेत कम भएको छ । सिटीले अब १० मिलियन युरो जरिवाना तिर्नु पर्नेछ । प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो ।

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  ४ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]