राजवंशी जनप्रतिनिधि संगठित
बिर्तामोड । राजवंशी जनप्रतिनिधिहरुको झापा जिल्ला सञ्जाल गठन भएको छ । बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्नाकुमारी राजवंशीको अध्यक्षतामा २५ सदस्यीय सञ्जाल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्षमा जिल्ला समन्वय समितिका सदस्य महिशलाल राजवंशी, सचिवमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशी, सहसचिवमा गौरीगञ्ज गाउँपालिका १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी र कोषाध्यक्षमा कनकाई नगरपालिका ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी रहेका छन् ।
सदस्यहरुमा बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशी, ३ नम्बर वडाध्यक्ष बीरेन्द्र राजवंशी, भद्रपुर नगरपालिका ४ का वडाध्यक्ष हंशधर राजवंशी, ९ नम्बरका वडाध्यक्ष शनिलाल राजवंशी, हल्दिबारी गाउँपालिका २ का वडा सदस्यहरु खगेन राजवंशी र सुकलाल राजवंशी, झापा गाउँपालिका ५ का वडाध्यक्ष दिनेशप्रसाद राजवंशी, वडा सदस्य विजयप्रसाद राजवंशी, कचनकवल गाउँपालिका ३ का वडाध्यक्ष विजय राजवंशी, ७ नम्बर वडाध्यक्ष भरत राजवंशी, कनकाई नगरपालिकाका कार्यपालिका सदस्य चुवालाल राजवंशी रहेका छन् ।
यस्तै, गौरीगञ्ज २ का अघनुप्रसाद राजवंशी, बिर्तामोड नगरपालिका ३ का वडा सदस्य पूर्ण राजवंशी, वडा नम्बर ९ का वडा सदस्य दिलकुमारी राजवंशी, कार्यपालिका सदस्य सुरेन राजवंशी, गौरादह नगरपालिकाका कार्यपालिका सदस्यहरु जलबर्षा राजवंशी र पक्टुलाल राजवंशी, मेचीनगर नगरपालिकाका १३ नम्बर वडा सदस्य ऋषि राजवंशी, १५ नम्बर वडा सदस्य बृखलाल राजवंशी र शिवसताक्षी नगरपालिका ५ का वडाध्यक्ष सत्यनारायण राजवंशी रहेका छन् ।