माघ ८, २०८१ मंगलबार

कुमार भट्टराईको नाममा सोसाइड नोट लेखेर बिर्तामोडमा व्यापारीले गरे आत्महत्या

दिपक ढकाल

बिर्तामोड । झुण्डिएर आत्महत्या गर्ने बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले लेखेको सोसाइट नोट फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो ।


झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट लेखेको नोट प्रहरीले लाहा छाप गरी सुरक्षित राखेको छ । सोसाइड नोट लेखेको इलाका प्रहरी कार्यालय अनारमनीले पुष्टि गरेको छ ।


ढकाल बिर्तामोडमा एक दशक देखि भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा विपम फर्निचर सञ्चालन गर्दै आएका थिए । उनका छोरा विपमका अनुसार आज विहान परिवारसँग सँगै खाना बुबा पसल आएका थिए । घरबाट हिडेको आधा घण्टामा घटना भएको परिवारले जानकारी पाएको थियो ।


विपमका अनुसार बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र दिपक ढकाल मिल्ने साथी थिए । साथीको नाताले उनीहरु विचमा कारोवार पनि हुने गरेको थियो । स्रोतका अनुसार १५ लाखभन्दा बढि रकम भट्टराईले ढकाललाई तिर्नु थियो ।

मृतकका छोरा विपमले बताएका अनुसार भट्टराईले बुबालाई लाखौं रमक तिर्न बाँकी थियो । इप्रका अनारमनीका प्रमुख मोहन थापाले सोसाइड नोटका बारेमा अनुसन्धान हुने बताएका छन् ।
ढकालको शव पोष्टमार्टमका लागि अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार  ३ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]