बैशाख १४, २०८१ शुक्रबार

बाँसको पाइलिङ स्परबाट रतुवामा कटान रोक्ने प्रयास

विष्णुप्रसाद पोखरेल

दमक । झापाको दमक नगरपालिका र कमल गाँउपालिकाको सीमा भएर बग्ने रतुवा खोलाले कमल गाँउपालिकातर्फ कटान गर्दै खोला बस्तिमा पस्नसक्ने जोखिम भएपछि बाँसको पायलिङ अर्था स्पर बनाएर खोलो नियन्त्रणको प्रयास गरिएको छ ।

दमकतर्फ ड्याम सहितको तटबन्धन भए पनि कमलतर्फ तटबन्धन नभएका कारण जोखिम भएपछि तत्कालका लागि खोलो नियण्त्रणका लागि बाँसको प्रयोग गरेर खोला नियत्रन्ण प्रयास गरिएको जनाईएको छ । गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार माटो र बालुवाको बाँध निर्माण गरेर खोलो छेक्ने प्रयास अघिल्लो बर्षहरुमा भए पनि यो भत्किएपछि जोखिम बढेको छ ।

वडा नं. ६ र ७ का सयौ घरहरु जोखिममा रहेपछि तत्कालका लागि भएपनि बाँसको प्रयोग गर्दै बोरामा बालुवा हालेर खोला नियन्त्रणको प्रयास गरिएको उहाँले जनाउनुभयो । दुबैतर्फ एकैसाथ तटबन्धन गरिएको भए यो अवस्था आउने थिएन तर एकातर्फ तटबन्धन गरिदा अहिले गाँउपालिकाका दुईवटा वडा जोखिममा परेका छन्, शिवाकोटीले भन्नुभयो ।

कमल गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईका अनुसार करीब अढाइसय मिटर बाँध यो पटक बाढीले भत्काएको छ । अहिले पनि कटानको जोखिम कायमै रहेको उहाँले जनाउनुभयो । खोलालाई अस्थायी रुपमा रोक्न पनि चुनौती झैल्दै आएका छांै र बाँसको स्पर बनाएर सम्भावित जोखिमलाई टार्ने हाम्रो प्रयास हो, उहाँले भन्नुभयो ।

रतुवा खोलाले बर्सेनि कमल गाँउपालिकामा क्षति पुर्याउदै आएको छ । यस क्षेत्रमा औधोगिक पार्क बन्ने र तत्काल तटबन्धन हुने बताइदै आए पनि औधोगिक पार्कको काम शुरु नहुँदा तटबन्धन पनि शुरु नभएको स्थानीय बताउँछन् । खोलाको धारमा नै प्रस्तावित औधोगिक पार्क निर्माणको लागि जग्गा अधिग्रहण भइरहेको छ ।

प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार  ४ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]