जेष्ठ ६, २०८१ आईतबार

निजी विद्यालयका शिक्षकलाई तलव दिने

झापा । निजी विद्यालय सञ्चालकहरुले बेतलबी विदामा राखेका शिक्षकलाई तलब उपलब्ध गराउने भएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन इष्टुसंग आज भएको छलफलपछि बेतलबी विदामा बसेका सम्पूर्ण शिक्षकलाई दिन बाँकी सबै तलब क्रमश: दिदै जाने निर्णय भएको हो । प्याव्सन, एन प्याव्सन र इष्टुका प्रतिनिधिबीच भएको छलफलमा चैत्रसम्मको तलब निकासा गर्ने, बैशाख, जेठ र असारको तलब पनि क्रमश: दिदै जाने लगायतको सहमति भएको इष्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिनुभयो । 

छलफलपछि इष्टुले भोलि र पर्सीका लागि तय गरेको प्याब्सन र एन प्याब्सन विरुद्धको कार्यक्रम फिर्ता लिएको छ । ७ र ८ गतेका लागि तय भएको विरोधका कार्यक्रम यथावत रहेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण संस्थागत विद्यालय सञ्चालन, व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याव्सन र एन प्याव्सनले साउन १ गतेदेखि वैकल्पिक सिकाई कार्यक्रम समेत बन्द गरेर शिक्षकलाई बेतलबी विदामा बस्न आग्रह गरेका थिए । 

प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]