असार ८, २०८२ आईतबार

करारका कर्मचारीको सम्झौता नवीकरण गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरूमा काम गर्दै आएका र म्याद सकिएका कर्मचारीको म्याद थप गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले यसअघि कोरोना सङ्कटका कारण यो आर्थिक वर्षमा करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने बताए पनि विभिन्न आयोजनाहरूको काम अधुरो रहनेभएपछि त्यस्ता करारका कर्मचारीको समयावधि थप गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]