बैशाख ७, २०८१ शुक्रबार

कनकाईको बाँध फुट्यो : मिलनबस्तीका ४० परिवारको उद्धार

बिर्तामोड । बाँध फुटेर कनकाई माई गाउँ पसेपछि झापा गाउँपालिका –१ का ४० भन्दा बढि परिवारलाई स्थानीय विधालयमा उद्धार गरेर राखिएको छ ।

साँझसम्म उद्धार गरेर बाढि पीडितलाई स्थानीय मोहन मित्तल–सितुमारी प्राविमा ल्याइएको छ । उनीको खानपानको व्यवस्थापन वडा कार्यालयबाट भइरहेको जानकारी प्राप्त भएको छ । उनीहरुको स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले उद्धार गरेका थिए ।

लगातारको वर्षाले झापा गाउँपालिकाको मिलन वस्ती, सडकबारी र लसुनगञ्ज डुवानमा परेको छ । जोखिमलाई मध्यनजर गरेर मिलन वस्तीका नागरिकलाई उद्धार गरिएको बताइएको छ । सडकबारीका सर्वसाधारणलाई आफन्तकै घरमा बस्ने वातावरण मिलाइएको छ ।

स्थानीय रुपक राजवंशीका अनुसार खोलाको बहाव झनै बढ्दो क्रममा छ । उनले सडकबारी धेरे जोखिममा रहेको जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]