बैशाख २४, २०८१ सोमबार

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ भदौबाट

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा.युवराज खतिवडाले बताए ।

तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरू भने अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्रिपरिषद् बैठकको निर्णय छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिकामा १ असारदेखि व्यवस्थित रुपमै वैकल्पिक पठनपाठन सुरु गर्ने भनिएको छ । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन ९प्याब्सन० र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्दै आएका छन् ।

प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]