बैशाख २३, २०८१ आईतबार

मेची अस्पताललाई पीसीआर ल्याव चलाउन अनुमति दिने

बिर्तामोड । एकका लागि एक अभियानले सञ्चालन गर्न लागेको कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि मेची अस्पताललाई मात्रै स्वीकृति दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार सम्पन्न बैठकले सामाजिक विकास मन्त्रालयमा माग भए बमोजिम प्रयोगशाला सञ्चालन गर्न गर्न मेची अस्पताललाई मात्रै स्वीकृति दिने स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईले जनाएको छ । सो इकाईले असार १० गते मेची अस्पताललाई प्रयोगशाला स्थापना गरी कोभिड अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको छ ।

‘एकका लागि एक अभियान’ ले सञ्चालन गर्न लागेको पीसीआर ल्याव मेची अस्पतालमा निर्माणाधिन कोभिड–१९ हस्पिटलमा सञ्चालन गर्ने गरी मात्रै स्वीकृति दिन सकिने केन्द्र सरकारले जनाएको छ ।
स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा.समिर कुमार अधिकारीले सो निर्णय कार्यान्वयन गर्न मेची अस्पताललाई पत्राचार गरिसेकका छन् ।

प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]