बैशाख ३०, २०८१ आईतबार

सताक्षीको द्धादश ज्योतिर्लिगमा जल चढाउनेको भिड

झिलझिले । पर्यटकीय सताक्षीधामको द्धादश ज्योतिर्लिगमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधरणको सोमबार घुइचो लाग्यो ।

गोलोक गोवद्र्धन गौशला परिसरमाको पशुपतिनाथ द्धादश ज्योतिर्लिगमा जल चढाउको घुईचो सोमबार (आज) दिउसो मध्यान्न सम्म देखियो । सताक्षीधाम आउने श्रद्धालुले कनकाई, सताक्षी, घर नजिकका ताल तलाउबाट जल ल्याएर शिवालयमा अर्पण गरेका थिए ।

अघिल्ला सोमबार भन्दा यो सोमबार शिवका शक्तिपीठमा भक्तजनको भीड देखिएको गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष नन्दकिशोर भारद्धाजले बताए । पुरुष गेरु बस्त्र र महिला रातो, हरियो रंगको बस्त्रमा आएर शिवालयमा पूजा आराधना गरेको गौशालाले जनाएको छ । झापा सहित मोरङ्ग, सुनसरी, ईलाम लगायतका स्थानबाट भक्तजन आएका थिए ।

गौशालाका अनुसार बन्दाबन्दी खुलेपछिको सबैभन्दा बढी भिड आज लागेको हो । अघिल्ला सोमबारमा तिर्थालु आएका थिएनन् । गौशालाले भन्यो, पानी परेकाले सडक बिग्रिएको हुँदा अधिक श्रद्धालु चाहेर पनि आउन सक्नु भएन । आउदो साता सायद भक्तजनको भिड द्धादश ज्योतिर्लिगमा देखिने छ ।’

गोलोक गोवद्र्धन गौसाला स्थापना भएपछि बोलबम गएर श्रावणी पर्व मनाउने श्रद्धालु भक्तजनको संख्या सताक्षीधाममा बर्षेनी बढ्दै गएको छ । गौशाला ५ वर्ष अघिमात्र स्थापना भएको हो ।
साउने सोमबार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट ल्याएको जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]