चैत्र १६, २०८० शुक्रबार

कम्युनिष्टको चरित्र र वर्तमान राजनीतिक गतिरोध

बद्री भट्टराई

बर्तमान नेपाली राजनीतिक आकासमा कालो बादल मडारिरहेको छ । तत्कालिन ने. क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रको एकताका कारण झण्डै दुईतिहाई बहुमतको आधारमा ने.क.पा.को सरकार पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सञ्चालन भइरहेको छ ।यस विचमा सरकारले झण्डै एक बर्ष भन्दा बढी लगाएर नयाँ संविधान अनुरुप आवश्यक कानूनहरु निर्माण गर्यो ।जनताको अपेक्षा अनुरुप तिब्र विकासका लागि राष्ट्रिय गौरवका आयोजनाहरुको डि पि आर तयार गर्यौ । पुरानै अधुरा रहेका कतिपय आयोजनाहरु खुरुखुरु बन्न थाले । भारत बाहेक नेपाल संगको अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गयो । दैनिक प्रशासन सञ्चालन सन्तोस जनक रह्यो । भ्रष्टाचार विरुद्द यस अघिका सरकार भन्दा यो सरकारको प्रतिबद्दता र ईच्छा शक्ति राम्रो देखियो ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक जस्ता गुमेको भूभाग समेट्न प्रयत्न गरिरहेको छ । मुलुकलाई अझ गौरवशाली सावित गर्न ऐतिहासिक विषयको उजागर गर्ने र प्रमाणका आधारमा दावी गर्दै मुलुकको समृद्दि संग जोड्ने जुन प्रयत्न भईरहेको छ ,यसलाई सकरात्मक मान्नु पर्दछ । सदिऔं देखि घरवार विहिन मानिसहरुको घर जनता आवास कार्यक्रम मार्फत् बन्दै जानु मजाक गरेको होइन होला । नेपालले पहिलो पटक शीर ठाडो पारेर हिड्न सक्ने अवश्थाको सृजना भईरहेको छ एकातिर भने अर्कातिर भाग बण्डा खोजेर ने.क.पा. भित्रैका मूर्धन्य ठानिने नेताहरु आफ्नै सरकारको खिलाफमा टोपी खोलेर लागिरहेको दृष्य देख्नु पर्दा, जात्रा हेर्नु पर्दा नेपालमा कुनै पार्टीको जस्तोसुकै बहुमतको सरकार बने पनि पाँच बर्ष टिक्न नपाई ढल्ने परम्परा कायम राख्न खोज्नु हो । ओली नेतृत्वको ने.क.पा.को वर्तमान सरकार विरुद्द विधि र पद्दतिको फेर समातेर आफ्नै भनाउँदाहरुले सत्ता च्युत गर्न खोज्नु पार्टी एकता भंग गर्नु र ने.क.पा.को सरकारको ठाउँमा अर्कै कोनी क कसको सरकार बनाउँन उद्दत हुनु हो । राष्ट्र र जनतालाई धोका दिनु हो । प्रतिस्पर्धीलाई पुर्न खनेको खाल्डोमा आफै जाकिनु हो । फेरि कहिल्यै उठ्न नसक्ने गरि आफै पछारिनु हो ।

सरकारले उसको एक्लो बुताले भ्याए सम्म देश र जनताको पक्षमा काम गरिनै राखेको देखिन्छ । पार्टी र सरकारलाई बलियो बनाउन पार्टी भित्रकै जिम्मेवार नेताहरुको महत्वपूर्ण भूमिका हुने गर्दछ । हिजो माधव कुमार नेपाल प्रधानमन्त्री हुदा प्रचण्डले टोपी खोलेर खेद्दा पार्टीका अन्य नेताहरु सरकारको बचाउमा दिलो ज्यान दिएर लागेको कही कतै छिपेको छैन । यद्दपी त्यो सरकारले उल्लेख्य उपलब्धीमूलक कार्य भने गर्न सकेको थिएन । प्रचण्डको आदेश मुताविक सवै काम माधव कुमार नेपालले गरिदिन नसकेकै कारण नेपालले सरकारबाट हात धुनु परेको घटना आज पनि ताजै छ । हुन त प्रष्ट दृष्टिकोण र अडान भएकाहरुलाई त कसले के गर्न पो सक्दो रहेछ र? तत्कालिन ने.क.पा. एमाले भित्र खेल्न माहिर प्रचण्डको खेल नबुझ्ने समर स्वाँठहरुलाई ब्वाँसोको त्यो कन्याईमा आफ्नो चिलाई मारिदिएको र आन्द्राभूँडी झिक्न खोजेको पत्तै भएन विचराहरुलाई ! जुनसुकै उद्देश्यले होस कन्याउँदा सन्च मान्नेलाई कन्याईरहन्छ जो सुकैले । कन्याईमाग्नेले नै बुझ्नु पर्ने हो कुन खालको कन्याई हो भनेर । राष्ट्र र जनतालाई शीरमा नराख्ने, पद र प्रतिष्ठा अनि धन सम्पत्तीको लोभी कन्याईमा मज्जा मान्छ । अझ एता,उता,तल,माथि कन्याई माग्छ । त्यति भैसके पछि कन्याउनेले ठाउँ कुठाउँ सबै तिर कन्याउँछ ,बास उठाउने गरी कन्याईदिन्छ । सुगुरलाई जति घोचे पनि थापिरहन्छ नि ! सुगुरहरुको बस्तीमा त्यसकै लिदीमा लटपटिदै कन्याउन जाने चाही सुगुर भन्दा के कम हो र !

वर्तमानमा ने.क.पा. भित्र देखिएको शक्ति संघर्ष सक्षम ओलीका विरुद्द असक्षम, पद, प्रतिष्ठा, सम्पत्ती र सत्ता नपाउँदाको झोंकमा आएको प्रतिक्रिया हो । हरेक ठाउँमा दूर दृष्टि सहितको कामकाजी नेतृत्व गर्नेहरुको समूह सानै हुन्छ । हिजोको ने.क.पा. एमालेमा पनि ईमान्दार तर दूर दृष्टि भएकाहरुको समुह मदन भण्डारी पछि लामो समय अल्प मतमै थियो । वहुमत के आको मात्र थ्यो पार्टी एकता गर्दा कही कतै अल्प मतमा परिएला भन्ने शंका सम्म नगरी गरिएको होइन र ? पदका भोका तर असक्षमहरु भेला भएर गरिएका गुटको सहमतिलाई पो पार्टीिको निर्णय भन्न थालियो । जात्रा पनि कस्तो कस्तो हेर्न पाइने हो कुन्नी !

तत्कालिन अवश्थामा ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्र एकता हुँदा पार्टी सदस्यका हिसावले कुल संख्याको ७५ प्रतिशत र २५ प्रतिशत हुदा नेतृत्वमा ४० प्रतिशतको वार्गेनिंग पुरा गर्दा तत्कालिन एमाले पक्षले के हिसाव गर्यो होला? राष्ट्र र जनतालाई सर्वोपरी नमानेको हुदो हो त यहि स्थितिमा एकता सम्भव थियो र ? यसलाइ कमजोरीको रुपमा लिनुभन्दा पनि उपलब्धीको रुपमा लिएर अघि बढ्नु राम्रो हुने थियो । एकता महाधिवेशन पुर्व गाँडा गर्चा भेला गरेर नेतृत्वलाइ अप्ठेरोमा पारेर दुनिया हसाउनु कुन कम्युनिष्टको चरित्र हो । लौन जानकारी पाउ हामी पनि ।

आफ्नो २५ पतिशत हिस्सा छ, औलो दिदा डुडुलो निल्न खोज्नेले हिम्मत राखेर महाधिवेशनबाट निकास निकाल्न आट गर त । दुइ तिहाइ भन्दा बढी ज.ब.ज.वालाहरु संग जोरि खोज्दा ंिसङ कसको भाँचिएला ? पार्टी एकता बचाइ राख्न पुर्व एमालेलाइ मात्र ठेक्का परेको होइन है ।
अन्त्यमा, कालो वादल भित्र चाँदिको घेरा हुन्छ भनेझैं बामदेव र वादल चाँदिको घेरा बनेर निस्कन सक्नु पर्दछ । अन्य एकता चाहने नेताहरुले पार्टी एकताको पक्षमा खुल्न ढिलो नगरांै ।साउन १३ गते हुने स्थायी समितिको बैठकबाट उपयुक्त निकास निकालियोस् । वादे वादे तत्व बोघ जायते । जय राष्ट्र, जय ने.क.पा., जय जनसमुदाय !!!

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]