एकल महिलालाई बाख्राको पाठा सहयोग
बिर्तामोड । हल्दिवारी– १ गोल्धापका विपन्न एकल महिलालाई बाख्राको पाठा वितरण गरिएको छ । स्वरोजगार बनाउने उद्देश्यले वडा कार्यालयले १२ जना एकल महिलालाई पाठा वितरण गरेको वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।
रमाइलो गोल्धाप टोल विकास संस्थाको आयोजनामा पाठा वितरण गरिएको अध्यक्ष संस्थाकी अध्यक्ष शर्मिला सिग्देलले जानकारी दिएकी छन् । उनले एकल महिलालाई ५० हजारको पाठा वितरण गरेको बताईन् ।
वडा कार्यालयले आर्थिक वर्ष ०७५/७६ को बजेटबाट विपन्न महिलाको आर्थिक उत्पादनमा सहयोग गर्न पशुपाललाई प्राथमिकता दिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए । वडा कार्यलयमा उपस्थित भएका विपन्न एकल महिलालाई एक कार्यक्रमका विच पाठा हस्तान्तरण गरिएको छ ।
हल्दिवारीमा महिलाको नेतृत्वमा टोल विकास संस्था गठन गरी काम गरिँदै आएको छ ।