असार ९, २०८२ सोमबार

मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगर । धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् ।

ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार काेसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसाेलेसनमा भर्ना भएका थिए ।  बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई बुधबार दिउँसो करिब १ बजे विराटनगरबाट थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा ४ः४५ मा मृत्यु भएको प्रवक्त सापकोटाले बताए ।

वीपीमा यसअघि दुई जनाको मृत्यु भएको थियो । मृतक महोत्तरी र सप्तरी जिल्लाका थिए ।

प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]