बैशाख ३०, २०८२ मंगलबार

विराटनगरमा १४ दिने लकडाउन घोषणा, बिर्तामोड कहिले गर्ने ?

विराटनगर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि लकडाउन गरिने भएको छ ।

महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट कमिटि (सीसीएमसी)को बैठकले लकडाउनको घोषणा गरेको हो । लकडाउन घोषणासँगै अत्यावश्यक सेवाबाहेक बजार र सर्वसाधारणको हिँडडुललाई पूर्ण रुपमा रोक लगाइने भएको छ । लकडाउनको प्रोटोकल महानगरले जारी गर्ने तयारी गरिरहेको प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार विराटनगरमा कोरोना क्रमितको संख्या १०७ पुगेको छ ।

यसअघि विराटनगर महानगरपालिकाले संक्रमण थप फैलन नदिन लकडाउनमा जानुपर्ने बताएपनि प्रदेश सरकारले त्यसमा सहमति दिएको थिएन । शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीय तहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्नेगरी बाटो खोलिदिएको थियो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले परिस्थितिको विश्लेषण गरी स्थानीय तहहरु आफैंले लकडाउन गर्नसक्ने बताउनुभएको थियो । महानगरमा कन्ट्याक्ट ट्रेसिङका क्रममा यात्रा विवरण नखुलेका करिब ५० जना संक्रमित भेटिएपछि लकडाउन गर्न दबाब बढिरहेको थियो ।

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार  ३ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]