जेष्ठ ७, २०८१ सोमबार

सम्झौता बमोजिम उत्खनन् गर्न पाउँ : व्यवसायी

बिर्तामोड । स्थानीयवासीको अवरोध हटाई उत्खनन्को वातावरण बनाईदिन एस.यु.एस कन्ट्रक्सन अर्जुनधाराले आग्रह गरेको छ ।


कन्ट्रक्सनले बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलन गर्दै अर्जुनधारा नगरपालिकाले कानुन बमोजिम उत्खनन्को ठेक्का लगाएको विरिङ नदीमा स्थानीयको अवरोधका कारण उत्खनन् गर्न नपाएको जनाएको छ । स्थानीय दिवा सापकोटा, सागर बस्नेत, डम्बर प्याकुरेल, वीर्ख बस्नेत, उपेन्द्र बस्नेत र भीम नेपालको समूहले उत्खनन्मा अवरोध गरेको कन्ट्रक्सनका सञ्चालक उत्सव ढकालले जानकारी दिए । उनका अनुसार कन्ट्रक्सनले सबै मापदण्ड पुरा गरेर उत्खनन्को ठेक्का पाएको हो ।


सम्झौता बमोजिमको नदीजन्य सामग्री उत्खनन् गर्न नपाउँदा करोडौं रुपैयाँ नोक्सान हुने ढकालले बताएका छन् । उनले उत्खनन्को वातावरण बनाईदिन माग गर्दै मापदण्ड अनुसार नै उत्खनन् गर्ने जानकारी दिए । सम्झौता बमोजिम टाङटिङको उत्खनन् सकिए पनि विरिङको काम गर्न नपाउँदा ठुलो समस्या भएको उनको भनाई छ ।


स्थानीयले अवरोध गरेपछि उच्च अदालत विराटनगरबाट समेत उत्खनन्का लागि फैसला आइसकेको अवस्थामा स्थानीयबाट अवरोध हुनु गलत भएको निर्माण व्यवसायी राजकुमार थापाले जानकारी दिए । थापाले भने ,‘ अदालतले उत्खनन् गर्न पाउने गरी फैसला ग¥यो, अर्जुनधारा नगरपालिकाले पनि बोर्ड बैठकबाट उत्खनन् गर्नु भनिसक्यो, स्थानीयको अवरोध किन ? उनले उत्खनन्को वातावरण नबनाए लगानी वापतको सबै रकम साँवाव्याज सहित फिर्ता गरिदिन माग समेत गरेका छन् ।


२ करोड ६१ लाखमा लिएको ठेक्कामा अब बाँकी रहेको उत्खनन् गर्न नदिए करिव डेढ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने कन्ट्रक्सनको माग छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]