बैशाख २२, २०८१ शनिबार

किचकबधमा चिल्ड्रेन गार्डेन निर्माण

भद्रपुर – भद्रपुर नगरपालिकास्थित किचकबध धार्मिक तथा पर्यटकीय स्थलको परिसरभित्र चिल्ड्रेन गार्डेन निर्माण गरिएको छ। झापा क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेश सांसद वसन्त बानियाँको पहलमा प्राप्त भएको बजेटबाट  महाभारतकालीन किंवदन्तीसँग जोडिएको किचकबधमा चिल्ड्रेन गार्डेन निर्माण गरिएको हो। गार्डेनको बिहीबार सांसद बानियाँले उद्घाटन गरेका छन्।

भद्रपुर नगरपालिका वडा नम्बर २ र ३ मा रहेको किचकबधमा चिल्ड्रेन गार्डेन बनाउने गुरुयोजनामार्फत २०७६ सालमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट २५ लाख र सोही सालमै थप ६० लाख गरी ८५ लाख रुपैयाँ बराबरको रकम विनियोजन गरिएको थियो। सोही रकमबाट किचकवधमा चिल्ड्रेन गार्डेन निर्माण गरिएको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए। आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने उद्देश्यले निर्माण गरिएको चिल्ड्रेन गार्डेनमा बालबालिकालाई आकर्षित गर्ने फन पार्क, विद्युतीय रेल, आधुनिक शौचालय, पक्की पैदल मार्ग निर्माण गरिएको अध्यक्ष थेबेले बताए।

महाभारतकालीन किंवदन्तीअनुसार विराट राजाका सालो किचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ। सोही कथावस्तुलाई आधार मानेर यस ठाउँका नाम किचकबध नामकरण गरिएको हो।

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार  ५ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]