बैशाख ८, २०८१ शनिबार

पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

काठमाण्डौ – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ । गएराति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो ।

लिग कपको फाइनल खेल गोलरहित बराबरीमा सकिएको थियो । सुरुवातको १० वटा पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए ।

पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले थिए । दोस्रो हाफको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड दर्शन गर्दै मैदान बाहिरिएका थिए ।

उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए । गएको शुक्रबार पीएसजीले सेन्ट इटिएनलाई १-० ले हराउँदै फ्रेन्च कपको उपाधि पनि जितेको थियो ।

पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि जितेको थियो।

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]