बैशाख १२, २०८१ बुधबार

भारतमा दैनिक संक्रमित झण्डै ६० हजार

विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनेको भारतमा दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ।

वर्ल्डमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्। यो भारतमा एकैदिन फेला परेका आजसम्मकै धेरै संक्रमित संख्या हो। यस्तै पछिल्लो २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ।

यस्तै कोरोनाबाट मृत्यु हुने संख्या ३६ हजार ५ सय ५१ भएको छ। संक्रमित संख्या बढ्दै गएको भारतमा कोरोनाबाट निको हुनेदर ६४.५२ प्रतिशत रहेको छ।

भारतको पछिल्लो तथ्यांकले आन्द्र प्रदेश, कर्नाटका, पश्चिम बंगाल र उत्तर प्रदेशमा संक्रमणका नयाँ क्षेत्र बढ्न थालेको छ। यसअघि महाराष्ट्र, दिल्ली र तमिलनाडु संक्रमणको केन्द्रबिन्दु बनेका थिए।

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार  १२ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]