चैत्र १५, २०८० बिहीबार

आरन चलाउने धनबहादुरको ठुलो मुटु

सुर्योदयले गर्यो सम्मान

बिर्तामोड । आरन चलाएर जिविका चलाउने इलाम सुर्योदयका धन बहादुर लोहोरलाई नगरपालिकाले सम्मान गरेको छ । लकडाउनले समस्यामा परेको हुन सक्ने भन्दै उनलाई राहत दिन नगरको टोली लोहार भएको ठाउँसम्म पुगेको थियो । तर, उनले राहत लिन मानेनन् ।

राहत लिन अस्वीकार गर्ने लोहारले उल्टै तीन हजार सहयोग गरेर पठाएका थिए । उनले आफु काम गरिरहेको र आफुभन्दा असहायलाई सहयोग होस् भन्दै सहयोग गरेर पठाइदिए ।
सूर्योदय नगरपालिकाबाट सम्मानित हुने व्यक्तित्वहरूमध्ये धन बहादुर लोहार पनि हुन्, तर उनको खासै चर्चा हुन सकेन ।

७० वर्षीय लोहार अझै काममा सक्रिय छन् । आफ्नो पेशाको सम्मान मात्रै हैन संरक्षण गरेर पुस्तान्तर होस भन्ने चाहना राखेको बताउँदै आएका छन् ।

सित्तैमा खाना पाइन्दैन, मान्छेलाई आशे बनाउनु हुदैन । तर श्रम गर्नेको निम्ति वातावरण बनाइदिनु पर्छ भन्ने कुरामा आफ्नो मत राख्नुहुन्छ, मेयर रण बहादुर राईले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सञ्जालमा लेखेका छन्, यति मात्रै कहा हो र ।
नगरपालिकाले कोरोना भाइरसको कारण लामो बन्दाबन्दीमा वितरण गरेको राहत ठाडै अस्वीकार गर्नु भयो । उहाँले यो राहत मेरो निम्ति हैन । म काम गर्न सक्छु । असहाय र असंगठीत श्रमिकहरूलाई दिनुहोला ।


बरू मेलै बचाएको यो पनि लिएर जानुहोस् । असहाय व्यक्तिहरूले पाऊन भनी तीन हजार दिएर पठाउनु भयो । नगरपालिका साच्चै गौरवान्वित भयो । नगरमा समाजको जिम्मेवारी लिई बस्नु हुने यस्ता महान व्यक्तित्व पाउदा ।

धन बहादुरले श्रम गरेर केवल तीन हजार बचाउनु भो , जब समाजलाई आवश्यक पर्यो आफ्नो जिम्मेवारी सम्झेर दिनुभयो ।

तर समाजमा सम्पतिको भण्डारण गरेर बसेका पनि कैयौं व्यक्तिहरू छन् । तर समाजको दुख देख्दैन ।

भोज , भतेर र सामाजिक हैसियत कायम राख्न करोडौं खर्च गर्छन् । वियर र ब्राण्डका रक्सीहरूको चुस्की लगाएर आफूलाई शानदार व्यक्तित्वको परिचय दिन्छन् ।
गुनासाका सुस्केरा हाल्न कहिले थाक्दैन । तर जीवनको सवैभन्दा सुन्दर क्षतिपूर्ति लिन कहिले अग्रसर हुदैन । सुन्दर क्षतिपूर्ति त त्यस्तो महान व्यक्तिले पाउछन् जो श्री धन बहादुर लोहार जस्तो ठूलो मुटु बोकेर आउछन् ।

अन्य धेरै व्यक्तित्वहरू कोरोना राहत कोषमा सहयोग गर्न आउनु भयो । तीन चार घण्टा हिडेर चप्ली बजार्दै आई राहत कोषमा रकम जम्मा गरी सहृदयी बन्नुभयो । कतिलाई देखेर केहि कार्यपालिकाको सदस्यहरू भाव विह्वल हुनुभो । कारण ठूलो मुटु । त्यस्ता व्यक्तिहरूप्रति नगरपालिका कृतज्ञता अर्पण गर्दछ ।

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार  १ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]